२०८० भदौ २९ गते अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले हरितालिका तीजको अवसरमा आयोजना गरेको “नारी मिलग ( दरखाने ) कार्यक्रम” सम्पन्न गरिएको छ । स्काई दरबार बैन्केट बग्गीखाना, सिंहदरबारमा सम्पन्न गरिएको उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त माननीय कमला ओली, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार राधेश्याम लेकाली, प्रमुख अतिथि माननीय रेखा यादव, अनेसास केन्द्रिय उपाध्यक्ष रेनुका सोलु, अनेसास केन्द्रिय महा-सचिव बिमला निरौला, अनेसास नेपालका सल्लाहकार बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, समालोचक लीला लुइँटेल, वरिष्ठ गीतकार उन्नति बोहरा शिला,चलचित्र निर्देशक रमेश कोइराला , गायिका द्वय
रानु निरौला र जानुमाया गुरुङ,अनेसास केन्द्रिय सदस्य प्रमोद सारंग लगायतका, कवि, साहित्यकार गायकहरूको उपस्थिति रहेको थियो। रेखा यादव लगायतलेआ-आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अनेसास नेपाल च्याप्टरकि माहा-सचिव उ रन्जना निरौलाले कार्यक्रम सञ्चालन गर्नु भएको सो कार्यक्रममा गायिका रानु निरौला र जानुमाया गुरुङले तीज गीतहरू गाउनु भएको थियो भने सामुहिक नृत्यमा सबैले सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू सुशिला देउजा, भगवती बस्नेत, मुरारि सिग्देल रामचन्द्र ढकाल,डा भक्त राईलगायत नेपल च्याप्टरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
Comments are closed.