राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएकाे छ ।

उहाँले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष बिहीबार दिउँसाे राजीनामा पत्र बुझाउनुभएकाे हाे । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल अध्यक्षमा निर्वाचित भएपछि उहाँले राजीनामा दिनुभएकाे हाे ।

अर्याल पनि माओवादीबाटै उपाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे । उहाँ गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोधि निर्वाचित हुनुभएकाे थियाे ।

Comments are closed.