काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यही जेठ १५ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ।
प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गर्ने गरि देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो ।
त्यस अन्तर्गत प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको छ।
२०८० सालको प्रादेशिक ललितकला प्रदर्शनीका सहभागी र अप्रतियोगी कलाकारहरुका कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको छ ।
प्रदर्शनी जेठ ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.