काठमाडौं । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएसँगै सो सङ्ख्या सात पुगेको हो । बौदिकाली गाउँपालिकाको माझडाँडाबाट दलदलेतर्फ जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आइतबार बिहान देवचुली–७ एस मोड गोरे घुम्तीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।
ज्यान गुमाउने माध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिप चालक बौदीकाली गाउँपालिका–६ माझडाँडाका ५५ वर्षीय टेकमान वानटक्क र २९ वर्षका छनबहादुर आले तथा सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, मध्येविन्दु–२ मदनपुरका १८ वर्षीय चिरन अर्याल र बुलिङटार–४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडाको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
Comments are closed.