इन्सपेक्टर नवराज खड्कालाई ‘पुलिस अफ द मन्थ’ घोषणा

उनि कैलाश सिरोहियामाथि अनुसन्धान गर्ने इन्सपेक्टर हुन्

जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले इन्सपेक्टर नवराज खड्कालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरी पुरस्कृत गरेको छ ।
बैशाख महिनामा शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा उनी पुरस्कृत भएका हुन् ।इन्सपेक्टर खड्का उनै अधिकृत हुन् जसले कान्तिपुर मिडियाका मालिक कैलाश प्रसाद सिरोहियाको बहुचर्चित नागरिकता प्रकरणको अनुसन्धान गरेका थिए ।सहकारी चोरीदेखि विभिन्न अपराधको घटनाको सफल अनुसन्धान गरेको आधारमा उनलाई पुरस्कृत गरिएको जिप्रका धनुषाले जनाएको छ ।
इन्सपेक्टर खड्काको नेतृत्वमा सिरोहियामाथि अनुसन्धान जारी छ । स्वास्थ्यको कारण देखाएर उनलाई तत्कालका लागि रिहा गरिएको छ ।

Comments are closed.