काठमाडौं । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए लाई तीन रनले हराएको छ ।
नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाउन सफल भयो । खेलकाे अन्तिम बलमा ५ रन चाहिएको आयरल्याण्डका खेलाडीले छक्का प्रहार गर्न सकेका भए खेल जित्ने थिए । तर नेपालले त्याे अवसर दिएन ।
आयरल्याण्डका ग्यारेथ डेलानी सर्वाधिक ६८ रनको योगदान गरेका छन् । मोर्गन टोपिङ ६० रन जोड्न सफल भए । खेलमा ओपनर रस आडैरले ३१ रन तथा फिन ह्यान्डले २२ रन बनाए । आयल्याण्डलाई अन्तिम ओभरमा २० रन चाहिएकोमा राशिद खानले १६ रन खर्चेर एक विकेट लिन सफल भएका थिए ।
नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले एक/एक विकेट लिए ।
तीन खेलको सिरिजमा यस अघि दुई खेल जितको आयरल्यण्ड समग्र खेलमा भने विजयी भइसकेको छ ।
Comments are closed.