झापा--चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।
काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।
काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.