नेपाल भाषा नखः (महोत्सव)

काठमाडौँ चैत्र, ९ गते, चौथो नेपाल भाषा साहित्य नखः(महोत्सव) हुने भएको छ । नेपाल भाषा टाइम्सको आयोजनामा  चैत्र ११ र १२ महोत्सव हुने भएको छ । जसमा नेपाल भाषाका पुस्तक विमोचनका साथै विभिन्न विषयमा अन्तक्र्रिया कार्यक्रम हुनेछ । विगत ५ वर्षदेखि हुँदै आएको नेपाल भाषा साहित्य नखःमा  ‘नेवा ऋतु म्ये’(नेवार ऋतुगीत) विषयमा वरिष्ठ संगितकर्मी रामकृष्ण दुवालसंग अन्तक्रियासमेत हुने भएको छ । किर्तिपुरको साँस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना र नेपाल भाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तक्रिया हुने आयोजकले जनाएको छ ।

यस्तै विद्यालय तहमा नेपाल भाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौँ महानगरपालिकाका  प्रमुख विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका  प्रमुख, चिनीबाबु महर्जन, किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, र उपप्रमुख सरस्वती खड्का रिजाललाई  सम्मानित गर्ने भएको छ । महोत्सवमा नेपाल भाषाका नाटक,गीत, कविता समेत प्रस्तुत गरिने छ । पहिलो दिन चैत्र ११ गते किर्तिपुर लायकुमा आयोजना हुनेछ भने चैत्र १२ गते शनिवार किर्तिपुर कै पाङ्गा लाछीमा कार्यक्रम हुनेछ ।

Comments are closed.