नेपाल आइडल सिजन-५ को उपाधि करण परियारलाई

काठमाडाैं । गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै करणले उपाधि जितेका हुन् ।

पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका करणले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहार पाए ।

फस्ट रनरअप सलाेमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख रुपैयाँ नगद पुरस्कार पाए । थर्ड रनरअप बनेका मोहितले स्कुटर पुरस्कार पाए ।

Comments are closed.