भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा

काठमाडौं । भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो ।धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो। अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो।गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ ।

Comments are closed.