Trending Now

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै

बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट आइतबार ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार मध्यान्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।राष्ट्र बैंकले साँवा तथा ब्याज वैशाख २१ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत खिचेको १ खर्ब २८ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।

Comments are closed.