Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल स्रष्टा समाजद्वारा पोखरेल र पन्थी सम्मानित, दुई कृति लोकार्पित

Editorial Team by Editorial Team
January 1, 2026
in Nepal, News
0
नेपाल स्रष्टा समाजद्वारा पोखरेल र पन्थी सम्मानित, दुई कृति लोकार्पित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल स्रष्टा समाजले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा कवि प्रल्हाद पोखरेल र युवा साहित्यकार अनिता पन्थीलाई विशेष सम्मान प्रदान गरेको छ ।
यस वर्षको शुभद्रा विश्वराज स्रष्टा सम्मान कवि पोखरेललाई तथा प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान साहित्यकार पन्थीलाई समर्पण गरिएको हो । नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय धारामा दीर्घकालीन योगदान पुर्‍याएको कदरस्वरूप कवि पोखरेललाई नगद रु. २१ हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, सिर्जनात्मक साहित्यमा सक्रिय र प्रभावशाली योगदानका लागि अनिता पन्थीलाई रु. १५ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । नगद राशि र प्रमाणपत्र प्रमुख अतिथिसहित अतिथिहरूले संयुक्त रूपमा समर्पण गर्नुभएकाे थियाे ।
सोही अवसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह ‘फेसबुकको करामत’ र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह ‘अतृप्त रहरहरू’ पनि लोकार्पण गरिएको छ । राजधानीमा आयोजित समारोहमा प्रमुख अतिथि साहित्यकार प्रा.डा. अभि सुवेदी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेल ‘हरित’लगायतले संयुक्त रूपमा कृतिहरू सार्वजनिक गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. सुवेदीले वर्तमान अवस्थामा राज्यभन्दा निजी स्तरबाट साहित्य संरक्षण र प्रवर्द्धन भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपाल स्रष्टा समाज धन्यवादको पात्र बनेको बताउनुभयाे । उहाँले सम्मानित स्रष्टा र कृतिकारहरूलाई बधाईसमेत दिनुभयाे ।
लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले चर्चा गर्दै कथासङ्ग्रह ‘फेसबुकको करामत’मा प्रेमकथासँगै सामाजिक विसङ्गतिहरू सशक्त रूपमा चित्रित गरिएको र कथाहरू प्रथम तथा तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको बताउनुभयाे । त्यस्तै, मुक्तकसङ्ग्रह ‘अतृप्त रहरहरू’मा प्रेम, विछोड, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य र आक्रोश मिसिएको तथा कलात्मक र बिम्बात्मक पक्ष सबल रहेको उहाँको टिप्पणी थियो ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको १९औँ स्थापना दिवसमा विगतका योगदानकर्ताहरूलाई स्मरण गर्नुभयाे । सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मान र पुरस्कारमा देखिने विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको उल्लेख गर्दै संस्थालाई विश्वासका साथ अघि बढाइएको बताउनुभयाे ।
सम्मानित कवि प्रल्हाद पोखरेलले छन्द कविता वाचन गर्दै सम्मान पाएकोमा खुशी व्यक्त गर्नुभयाे भने अनिता पन्थीले उक्त सम्मानले साहित्यिक यात्रामा थप जिम्मेवारीबोध गराएको अनुभूति भएको बताउनुभयाे । पुरस्कारका संस्थापक विधान आचार्य र चेतनाथ कँडेल ‘हरित’ले पनि मन्तव्य व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रम मधु पाठकले सञ्चालन गर्नुभएकाे थियाे कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

Advertisement Banner
Previous Post

Kathmandu’s minimum temperature drops to 5 degrees Celsius

Next Post

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

Editorial Team

Editorial Team

Next Post
सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

Recommended

Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

3 months ago
Nepal Stock Exchange closes week higher with Rs 11.10 billion turnover

Nepal Stock Exchange declines 1.64 percent as turnover shrinks to Rs 13.18 billion

2 weeks ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.