नेपाल शिक्षक महासंघले गर्‍यो आमशैक्षिक हडतालको घोषणा, एसइईकाे कपि नजाँच्न

 

काठमाडौं– नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आमशैक्षिक हडतालको घोषणा गरेको छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको महासंघले शैक्षिक हडताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।

महासंघले आन्दोलनको समयमा एसइईका उत्तरपुस्तिका समेत परीक्षण नगर्ने जनाएको छ । पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।

 

Comments are closed.