टी—२० विश्वकप छनोटको आज हुने खेलमा नेपालले ओमानविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । टी—२० विश्वकप छनोटको आज हुने खेलमा नेपालले ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल अहिले बिहान ९ बजे सुरु हुँदै छ ।

अजको समूहगत चरणको अन्तिम खेल खेल हो । तर यस अघि नै नेपाल र ओमान समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् ।

आज हुने खेलले समूह बितेको टुंगो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटको आधारमा भने ओमान अगाडि छ ।

मलेसिया र सिंगापुर भने समूह चरणको खेलबाट बाहिरिई सकेका छन् । समूह ए को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्ने छ । समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नु पर्ने छ ।

समूह बी मा चार अंकसहित यूएई पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र हालसम्म कुनै अंक जोड्न नसकेको कुवेत चौथो स्थानमा छ ।

आज मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतसँग खेल्ने छन् । यसबाट समूह बी का दुई टोली टुंगो लाग्ने छन् ।

Comments are closed.