‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ भाग लिन फिलिपिन्स उडे नेपाली बालबालिका

काठमाडौंँ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको ओयोजित बिभिन्न सौन्दर्य प्रतियोगिताका ५ विजेताहरू रिदिमा नेपाल, संयक श्रेष्ठ, श्रृजना प्रधान, लावेन लिम्बु र दर्शना संग्रौला फिलिपिन्स उडेका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ त्यसतर्फ उडेका हुन् ।

फिलिपिन्सको राजधानी मनिला १६ देखि २१ जुलाईसम्म आयोजना हुने प्रतियोगितामा नेपालको अलवा भारत, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, साउथ अफ्रिका, इन्डोनेशिसया लगायत १२ राष्ट्रको सहभागिता रहनेछ । बालबालिकाले बिभिन्न उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले लामो समयदेखि आयोजना हुँदै आएको प्रतियोगितामा सहभागीले नेपाली संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको प्रवर्द्धन समेत कार्यक्रममा गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए  । फैजु आफैंले प्रतियोगी लिएर फिलिपिन्स उडेका हुन् ।

तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई प्रतियोगिताका लागि तयार गरिएको छ । जसमा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले ग्रुमिङ, नृत्य निर्देशक संयुक्त स्थापितले नृत्य र फेसन डिजाइनर श्रीषा बैदारले फेसन सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रतियोगीलाई उक्त प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नै पठाएको हो ।

Comments are closed.