काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।
दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।दूतावासले म्यानमारको गोल्डन ट्रयांगलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.