काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ ।
साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा बिहीबार भएकाे खेलमा सावित्रा भण्डारीकाे कीर्तिमानी प्रदर्शनमा इराकलाई ५-० ले हराउँदै नेपालले लगातार दाेस्राे जित हात पारेकाे हाे ।
नेपालकाे जितमा ५ वटै गाेल सावित्राले गरिन् । सावित्राले खेलको १४, १६ र ३७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ४४ मिनेटमा चौथो र ७९ मिनेटमा पाँचौ गोल गरिन् । याेसँगै उनले नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकि छिन् ।
नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ गाेल अन्तरले हराएको थियो । लगातार दुई खेल जित्दै ६ अंक जोडेकाे नेपाल अंक तालिकाकाे शीर्ष स्थानमा छ।
Trending Now
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
Comments are closed.