काठमाडौँ, २२, जेष्ठ । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपंक्तिमा टीभीएस पनि पर्दछ। निकै पावरफुल र टेक्नोलोजीले भरीपूर्ण बाइकहरु निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हाँसिल गरेको टीभीएस एक यस्तो बाइक निर्माता हो। जसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ।
बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समुहका रुपमा टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी)लाई अघि बढाइरहेको छ। सामूहिक प्रयास भए के सफल हुँदैन र ? भन्ने भावनालाई युवहरुको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो। स्थापनाकालदेखि नै यो ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत युवाको बाइकिङप्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको छ।
परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरुमा सक्रिय रहने एओजी ग््रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याउन सफल बन्यो। ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो।
फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप ९एओजी० को मार्क्युु राइडमा नेपाललगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागीता जनाएका थिए। फागुन ११ गते काठमाण्डौबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए।
टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टीभीएस मोटोसोल इन्डियाका बारेमा बोल्दै भने, ‘हामी संसारभर छरिएका वाइकिङ प्रेमीहरुका लागि टीभीएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित छौँ। टीभीएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजहरुसँग अन्तर्क्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यलाई घरघरमा पुर्याउने एउटा मञ्च हो। यस कार्यक्रमका लागि काठमाडौं देखि गोवासम्म अपाचे राइडरहरुसँग टीभीएस नेपाल– जगदम्बा मोटर्स प्रालि टोली सहभागी भएकामा म उत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७ हजार किलोमिटरभन्दा बढी दूरीको यात्रा तय गर्नेछन्। यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टीभीएस अपाचे प्रतिको राइडरहरुको प्रेम र विश्वासलाई साथै उनीहरु भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ।’
७ हजार किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापा आफ्ना अनुभव यसरी सुनाउँछन्, ‘७ हजार किलोमिटर लामो यात्रा गर्न सहज थिएन। यात्रा शारिरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो। बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ। नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो। यसै यात्रा मार्फत नेपाल भारत र बंगलादेशका राइडरसँग चिनजान पनि बढ्यो। टीभीएसले मलाई नयाँ सम्बन्धहरु गाँस्न सघाएको छ। यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टीभीएस २०० ले सम्भव बनाइदियो।’
‘यात्राकै क्रममा भारतको गोवा मा भएको टीभीएस मोटो सोलजस्तो भव्य कार्यक्रम पनि हेर्न मौका पाए। जहाँ बाइक स्टन्ट लगायत अन्य अरु बाइकिङका कार्यक्रम पनि भएका थिए। माइसोरमा रहेको टीभीएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो। आफूले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा अनि सन् १९८२ देखिको इतिहास बोकेको टीभीएसलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै खुसी लागेको छ। म टीभीएस नेपाल टीभीएस भारत र टीभीएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा बिशेष धन्यवाद दिन चाहन्छु’, थापाले भने।
विज्ञापन र पीएसएमार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको थियो। नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरुलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोतसाहन गरेको थियो।
टीभीएस एपाचे सिरिजका १६०, २०० र ३१० सिसिका बाइक लिएर ७००० किलोमिटर लामो यात्रामा निस्किएको एओजी टिमका सम्पूर्ण राइडरहरुले आफुले चलाएको बाइकको खुलेर प्रशंसा पनि गरे। आरामदायी बाइक पाएकाले यात्रामा शारीरिक समस्या कम भएको र बाइको उत्कृष्ट ब्रेकिङ, पिकअप पावर, ह्यान्डलिङ अनि माइलेजले गर्दा ठूलठूला राजमार्गमा यात्रा गर्न सहज भएको राइडरहरुको भनाइ थियो।
नेपालबाट यात्रा सुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राइडर र बिहारमा बंगलादेशका राइडरहरुलाई भेटेर यात्रालाई अघि बढाएका थिए। राइडकै क्रममा एओजी टिमका सदस्यले फागुन १९ र २० गते गोवामा आयोजना भएको मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा पनि सहभागिता जनाए।
भारतकै ठूलो मानिने उक्त फेस्टिभलमा विभिन्न बाइकिङ गतिविधिहरुका साथै टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिएको थियो। यस्ता राइडमार्फत टीभीएसले नेपाली राइडरलाई यात्राको अवसर दिनेमात्र नभएर बाइकिङ क्षेत्रमा भइरहेका नयाँ परिवर्तनका बारेमा पनि जानकार बनाउन सहयोग गरेको छ। राइट टु ओरिजिन नारा लिएर टीभीएस बाइकको निर्माण हुने ठाउँ माइसोरसम्म पुगेर बाइकको निर्माण प्रकियालाई हेर्ने मौका पाएका राइडरहरु यस्तो मौका दिलाइदिएकोमा टीभीएस नेपाल प्रति आभारी रहेको बताउँछन्।
फागुन ११ गते काठमाडौं बाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो।
Comments are closed.