काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जाेगाउनका लागि नयाँ राजनीतिक समीकरण बनाइएकाे बताउनुभएकाे छ । हो
नेकपा एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बाेधन गर्दै अध्यक्ष ओलीले देश नेपालीले नै बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न एमालेकै पहलमा गठबन्धन भत्काइएकाे बताउनुभयाे ।
अनेक विकृति मच्चाउने, नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने, धर्मका नाममा विद्वेष फैलाएर देशलाई विखण्डन गर्न खाेज्ने, पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खाेज्ने, क्षेत्रीयताका नाममा विभाजन गर्न खाेज्ने, जनता मन फटाल्ने, देशकाे भूगाेलकाे ख्याल नगर्ने गतिविधि भएपछि एमालेले गठबन्धन ताेडेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘देश नेपालीले नै जाेगाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न पनि हामीले गठबन्धन ताेड्नैपर्ने थियाे, अहिले हामीले बनाएकाे गठबन्धन हाेइन, राजनीतिक समीकरण हाे, गठबन्धन नीतिहीन थियाे ।’
सरकारमा सामेल भएपनि एमालेले पार्टीका नीति र उद्देश्यअनुसार अघि बढ्ने उहाँले बताउनुभयाे । सरकारमै बसेर काम गर्ने, पार्टीलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्ने, सुशासन र समृद्धिकाे बाटाेमा देशलाई लैजाने अभिभारा आफूहरुकाे काँधमा आएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.