न्युजिल्याण्डका अलराउण्डर माइकलले विश्वकप गुमाउने

न्युजिल्याण्डका अलराउण्डर माइकल ब्रेसवेलले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

माइकले चोटका कारण आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका हुन् ।

माइकल इङ्गल्याण्डमा जारी टी २० ब्लास्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा घाइते भएका थिए ।

वोर्सेस्टरशायरका लागि ब्याटिङ्ग गर्ने क्रममा दाहिने खुट्टामा चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको बेलायतको एक अस्पतालमा शल्यक्रिया समेत गरिएको छ ।

शल्यक्रियापश्चात चिकित्सकले माइकल ६ देखि ८ महिना मैदान बाहिर रहनु पर्ने अनुमान गरेको छ ।

३२ वर्षीय माइकलले न्युजिल्याण्डका लागि १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाँच सय १० रन बनाउनुको साथै १५ विकेट लिएका छन् ।

यसअघि न्युजिल्याण्डकै कप्तान केन विलियम्सले पनि चोटका कारण विश्वकप गुमाउने पक्का भएको थियो ।

एकदिवसय विश्वकप क्रिकेट आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुँदैछ ।

Comments are closed.