न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।न्युजिल्याण्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो । डेभिड मिलरले अविजित शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । रासी भान डेर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।
न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले २-२ तथा माइकल ब्रेसवेल र रचिन रविन्द्रले १-१ विकेट लिए ।त्यसअघि लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले बलियो योगफल खडा गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।रचिन रविन्द्र र केन विलियमसनले शतकीय पारी खेले । रचिनले १०८ तथा विलियमसनले १०२ रन बनाए । डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए ।दक्षिण अफ्रिकाका लागि लुंगी एङ्गिडीले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिए । कगिसो रबाडाले १० ओभरमा ७० रन दिएर २ विकेट लिए । वियान मुल्डरले १ विकेट लिए ।अब च्याम्पियन्स ट्रफीको उपाधिका लागि आउँदो आइतबार दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार “नवप्रज्ञापन”लाई
- रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
- International conference on sustainable tourism to be held in Kathmandu
- US to impose travel ban on 41 countries, including Bhutan
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, आन्दोलन तयारी र रणनीति बनाउने
- अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन
- अन्जानका एकल गजलसङ्गै शान्ति गजल साँझ सम्पन्न
- British PM urges to keep pressure on Putin for Ukraine ceasefire
- Musk’s dream of human settlement on Mars is getting closer, aiming for landing by 2029
- पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति प्रमुख प्रतिपक्षीको विरोध
Comments are closed.