काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न जिल्लाको १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।बैंकले आइतबार सूचना जारी गर्दै १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति ७ दिन भित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने जनाएको छ ।
बैंकले बिक्री गर्ने गैर बैंकिङ सम्पत्ति इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।बैंकले विभिन्न जिल्लामा रहेका १८८ स्थानका घर तथा जग्गा बिक्री गर्न लागेको हो ।
Comments are closed.