काठमाडौं– एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो घर कर्जा योजना सात वर्षका निम्ति ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अरू आकर्षक सेवासहित उपलब्ध हुने बैंकले जनाएको छ ।
न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म यो कर्जा प्रदान गरिनेछ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनर्निर्माण र घडेरी खरिद गर्नका निम्ति सहज प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
यो कर्जा योजनाअन्तर्गत पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अरूको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । साथै, यो योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।








Discussion about this post