एनसेलको सेयर बिक्रीकाे विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले एनसेलको सेयर बिक्रीकाे विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी नभएकाे बताउनुभयाे ।

यसबारे सूचना लिइरहेको र आधिकारिक रुपमा कुनै जानकारी नभएको भन्दै उहाँले एनसेलको सेयर बिक्रीले पार्ने असरबारे टेलिकमका पदाधिकारीसँग बुझ्ने काम भइरहेको बताउनुभयो ।

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको दाबी पनि गर्नुभयाे । पूर्ण रुपमा सुधार आउन  भने समय लाग्ने उहाँकाे भनाइ थियाे । सहज रूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयर बजार र क्रिप्टोमा पनि भित्री रूपमा गएको भन्दै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो ।

अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खनन‍्का लागि कुनै प्रक्रिया अघि नबढाएको अर्थमन्त्री महतले बताउनुभयाे ।

Comments are closed.