सापसद्वारा थाहा पुस्तकालयमा रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न साहित्यिक पत्रकार संघ (सापस)ले आज २०७९ असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक मोहन सिटौला (अमेरिका) हुनुहुन्थ्यो । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष पनि हुनुहुन्छ । सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौल, अध्यक्ष राधेश्याम लेकाली, अतिथि किशोर पहाडी, रेखा यादव, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती, वरिष्ठ साहित्यकारहरु युवराज नयाँघरे र डा. दामोदर पुडासैनी, मुरारि सिग्देल, समालोचक डा. रमेश शुभेच्छुक, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिल, कृतिका सम्पादक साहित्यकार विनोद विश्वकर्मालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
Trending Now
- From Bhumi Pednekar, Parineeti Chopra To Sanya Malhotra- The Hostess Actresses Of Bollywood Drools Over The Shocking Look Of Kartik Aaryan In Chandu Champion
- South Summit Madrid 2024 brings together 500 speakers, 121 investment funds and 24 unicorns from all over the world
- लेनडाँडा सुरूङगमार्ग ब्रेक थ्रु
- १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- कोशी प्रदेश सभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै
- सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने
- दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो
- Climbers’ hustle and bustle at Everest base camp
- सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो
- वाइडबडी जहाज अनियमितता प्रकरण: विदेशी व्यक्ति र कम्पनीलाई उपस्थित हुन विशेष अदालतको पुर्जी
Comments are closed.