अब इन्धनमा स्वचालित मूल्य, उपभोक्तालाई लाभ

काठमाडौँ । भोलिदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।

डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिनेछ । यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगम आइओसीलाई बक्यौता रकम तिर्न सफल भएको छ ।

पछिल्लो समय लगातार इन्धनको मूल्य घट्दै गएपछि बक्यौता रकम तिरिसकेर नाफा गएको छ । हाल सबै पेट्रोलियम पदार्थमा निगम नाफामा रहेको छ । यो प्रणाली लागू भएपछि उपभोक्तालाई भाल हुने भएको हो ।

Comments are closed.