जलाधार व्यवस्थापन अधिकृत पाललाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद, १ लाख २० हजार जरिवाना

काठमाडौं । विशेष अदालतले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।विशेषका अध्यक्ष एवं न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार पाललाई भ्रष्टाचार घुस मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख २० हजार जरिवानाको फैसला सुनाएको हो ।
तटबन्ध निर्माणसम्बन्धी बिल भुक्तानीमा सहजीकरण गर्ने नाममा सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिएका थिए ।त्यसपछि पालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख २८ मा विशेषमा आरोपपत्र दर्ता गराएको थियो ।

Comments are closed.