बुद्ध जयन्तीको अवसरमा बुद्धको जीवनकथा ‘कत्थकाक्षा-३” प्रस्तुत

काठमाडौँ : एस्थेटिक डान्स स्टुडियोले बुद्ध जयन्तीको अवसरमा नाचका माध्यमद्वारा भगवान बुद्धको जीवनकथा ‘कत्थकाक्षा-३” प्रस्तुत गरेको छ।

आज राष्ट्रिय नाचघरमा भगवान बुद्धको जन्म दिनको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले स्टुडियोले केही समय यता विभिन्न नृत्य शृङ्खला’ चलाइरहेको छ। करिब दुई घण्टाको कार्यक्रममा ८० जनाभन्दा बढी कलाकारले एक साथ नृत्यबाट कथालाई वर्णन गरेका थिए।

Comments are closed.