१५ दिने मिथिला पद यात्रा मिथिला मध्यमा परिक्रमा आज समापन हुँदै

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं श्रद्धालुहरु सहभागी भएका छन् । अन्तरगृहम परिक्रममा तीर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको छ ।विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवम् नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वाससहित हजारौं नरनारी परिक्रममा सहभागी हुने गर्दछन् ।फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।
१५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर,भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।
परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । टायर गाडा ,साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भुईं खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कीर्तनलगायतका कार्यहरु गर्नु परिक्रमा यात्री श्रद्धालुहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पार्ने स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट प्रायः हजारौं वृद्धवृद्धाहरुको सहभागिता रहन्छ ।आज अन्तरगृह परिक्रमा सकिएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भोलि होली खेलिने छ । परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा रहिआएको छ ।

Comments are closed.