प्रधानमन्त्रीको राजीनामा माग्दै संसद्‍ अवरुद्ध, तस्वीरहरू

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग  गर्दै संसद् अवरुद्ध गरेको छ।

सरकारको प्रतिफक्षमा रहेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरुद्ध गरेका हुन्। एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो अभिव्यक्तिका कारण पदबाट राजीनामा माग गरेका छन्।

तीन दलले लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए।

Comments are closed.