काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।
माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
Comments are closed.