काठमाडौं । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
समितिका सदस्य बद्री पाण्डेका अनुसार आजको बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले जानकारी दिए । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ ।
समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् । सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्रेसले छानबिन समितिको माग गरेपछि गत जेठ १५ गते समिति गठन भएको थियो ।
Trending Now
- Nepal Prime Minister K.P. Sharma Oli addressed a public event Harvard Kennedy School on “Nepal’s Perspective: From Transitional Justice to Climate Justice.”
- Maldives President Mohamed Muizzu planning to visit India “as soon as possible”
- Prime Minister K P Sharma Oli was called on by MCC CEO Alice Albright on the sidelines of the UNGA
- Main transmission line disrupted, Kathmandu’s power supply affected
- Govt decides to close all schools for three days, halt all ongoing examination
- Israel Defence Forces confirms killing Hezbollah leader Hassan Nasrallah
- Death toll in Nepal’s floods and landslides has risen to 66, with over 35 injured and 79 still missing
- 30th annual general meeting of Nepal India Chamber of Commerce and Industry (NICCI) inaugurated
- Nepal PM KP Sharma Oli meets with Bangladesh Chief Adviser Muhammad Yunus in New York
- Nepal govt can address trade deficit by investing in hydropower; NEA is a net revenue earner b/c of electricity export says Indian Amb Naveen Srivastava
Comments are closed.