सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १ साउन

सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुरमा मधेश प्रदेश ०१-००४ प ३३४७ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक शम्भुनाथ नगरपालिका-१० बस्ने ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजेन्द्र नारायण सिंह अस्पताल राजविराज हुँदै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवर वाईर फयाक्ट्री नजिक सडकमा बीए ०१ एआर ९७७० नम्बरको कार र ज.९ प ९४३५ नम्बरको मोटरसाइकल ‍एकआपसमा ठक्कर खाँई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शिवलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काव्या अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.