काठमाडौं– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैंककमा भेटवार्ता भएको छ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङसँग ‘साइडलाइन’ भेटवार्ता भएको हो।
उनीहरुबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो।भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.