लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन

काठमाडौं । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।बिहीवार झापाको विर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए ।
दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत चर्चित छ । अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने जनाइएको छ ।

Comments are closed.