Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News
0
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् ।
कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले तीन जनालाई पक्राउ गरेको हो ।
शेरचनसहित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा तीन जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम प्रवाह गरी कर्जाको दुरूपयोग गरेको आरोप तीनै जनामाथि लागेको छ । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । ९८ करोड रूपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप्यो घरजग्गा कारोबारको इजाजत पत्र लिने म्याद

Next Post

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

Editorial Team

Editorial Team

Next Post
कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

Recommended

42 glacial lakes in Koshi Province under severe threat

42 glacial lakes in Koshi Province under severe threat

3 months ago
रम्बास् कविता:नदी

रम्बास् कविता:नदी

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.