प्रदीप पौडेलको प्रस्ताव : रिङरोडको तेस्रो खण्ड नेपालको लगानीमा बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड तेस्रो खण्ड (वसुन्धरादेखि धोबिखोला)सम्मको सडक विस्तार गर्ने परियोजनालाई नेपालको लगानीमा बनाउने प्रस्ताव गरेका छन् ।
सोमबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर उनले यस्तो प्रस्ताव गरेका हुन् । यसका लागि परियोजनालाई आगामी बजेटमा समावेश गर्न पनि उनले माग गरेका छन् ।रिङरोड विस्तारको दोस्रो खण्ड (कलंकीदेखि वसुन्धरा) सम्मको काम नेपालले गरिरहेको र चिनियाँ पक्षबाट हालसम्म पनि कामको प्रक्रिया सुरु नभएकोले निर्माण अनिश्चित बनेको पौडेलले बताए ।धुलाम्मे र साँघुरो सडकका कारण सर्वसाधारणले सास्ती खेपिरहेकाले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चितकालसम्म पर्खन नसकिने पौडेलको भनाइ छ ।
चीन पक्षबाट दोस्रो खण्डकै काम हालसम्म पनि सुरु नगरेकोले आगामी आवको बजेटमा तेस्रो खण्ड विस्तारका लागि बजेट छुट्याउन उनले माग गरेका छन् ।पौडेलले आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामी बजेटमा समेट्नसमेत अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएका छन् ।

Comments are closed.