प्रज्ञामा पुस्तक प्रदर्शनी, १८ गतेसम्म ४० प्रतिशतसम्म छुट

काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ । ३९ औँ प्राज्ञसभा तथा नयाँ वर्षको अवसरमा प्रतिष्ठान भवनमै प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको सुरुआत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार गरे ।
व्यवस्थापक सुधीर ढुङ्गेलका अनुसार प्रज्ञाबाट प्रकाशित साहित्यिक पत्रिका, शब्दकोश र पुस्तक गरी ६०० भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ । शब्दकोशमा १५ प्रतिशत र अन्य पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए।
प्रदर्शनीमा दुईदेखि तीन हजार ३०५ रुपैयाँ मूल्यको शब्दकोश राखिएका छन्।् । घरघरमा पुस्तक र्पुयाउन छुट प्रतिशत बढाइएको र यसले पठन संस्कृतिको विकासमा टेवा पुग्ने प्रदर्शनी व्यवस्थापक ढुङ्गेलले बताए ।
प्रदर्शनी वैशाख १८ गतेसम्म सञ्चालन हुने छ ।

Comments are closed.