गायक प्रकाश सपुतले चलचित्र निर्माण गर्दै

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले चलचित्र निर्माण गर्ने भएका छन् ।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पहिलोपटक आफ्नै निर्देशनमा चलचित्र निर्माण गर्ने बताएका हुन् ।

उनले यही बैशाख २३ गते आइतबार उक्त चलचित्रको नाम घोषणा र भिडियो रिलिज गर्ने उनले बताएका छन् । चलचित्रको नाम के हो कथा को पृष्ठभूमि कहाँ हो, पात्रहरू को को हुन्, रिलिज कहिले हो, सबै जानकारी उक्त भिडियो मार्फत देखाइने बताएका छन् ।

उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्

‘लौ है यो अर्को सपना पनि पुरा गर्न आँटियो ! सर्वप्रथम त सपनाको यो हद सम्म पुग्ने आट, माया, साथ र शुभेच्छा दिनुभएकोमा तपाईँहरू सप्पै- सप्पै लाई धन्यवाद ।

अग्रज आदरणीय नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी२’ मा एउटा कलाकारको रुपमा चलचित्रको अनुभव र तपाईँहरूको विश्वास लिने मौका पाए १ अब आफैले निर्माण / निर्देशन गर्ने पहिलो चलचित्रको यही बैशाख २३ गते आइतबार नाम घोषणा भिडियो रिलिज गर्दै छौ । चलचित्रको नाम के हो ? कथा को पृष्ठभूमि काहा हो ? पात्रहरू को को हुन ? रिलिज कहिले हो ? यो सबै जानकारी त्यही भिडियोमा पाउनुहुनेछ । विश्वास छ, गीतमा जस्तै चलचित्रमा पनि तपाईँको माया, साथ र शुभेच्छा अवश्य पाउनेछौ किनकि कथा सँगै गीतहरू छ । गीतहरू सँगै कथा छ…’

Comments are closed.