इजरायल आक्रमणमा नेपाली परेको प्रारम्भिक सूचना, परराष्ट्रमा आकस्मिक बैठक

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेको छ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ।
घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको सूचना परराष्ट्र मन्त्रालयमा प्राप्त भएको छ।
इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको खिचातानीचलिरहेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचना उपलब्ध भएकाले थप बुझ्ने क्रममा रहेको जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले शनिबार अपराह्न सिंहदरबारस्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन्। बैठकमा इजरायल पढ्न गएका विद्यार्थीमध्ये केही घाइते भएको सूचना प्राप्त गरेपछिको परिस्थिति विश्लेषण भएको बताइएको छ ।
केहीबेरमा घटना बारे विस्तृत बुझेर मन्त्रालयको धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको आतंकविरुद्ध आफूहरु युद्धमा गएको र कडा नतिजाको सामना गर्नुपर्ने घोषणा गरेका छन्।

१९८७ मा इजरायलविरुद्ध युद्ध गर्न भनेर खुलेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासलाई सिरिटी इरान नामक संस्थाको पृष्ठपोषण छ।

हमास अर्थात् इस्लामिक प्रतिरोध आन्दोलन नाम दिइएको संस्था इजरायलसँग रकेट लन्चर र बमसहित आक्रमणमा उत्रिएपछि संसारभरिको ध्यान खिचिएको छ।

Comments are closed.