प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशन : मूल आयोजक समिति संयोजकमा गणेश बस्नेत

काठमाडौं । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनका लागि संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा मूल आयोजक समिति बनेको छ ।

प्रेस चौतारी नेपालको बुधवार बसेको सचिवालय बैठकले केन्द्रीय फागुन २३, २४ र २५ गते विराटनगरमा गर्ने केन्द्रीय महाधिवशनका लागि बस्नेतको अध्यक्षतामा मूल आयोजक समिति बनाउने निर्णय गरेको हो । बस्नेतको अध्यक्षतामा बसेको बैठकले दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

महाधिवेशनको राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखनको जिम्मा उपाध्यक्ष द्वय गणेश पाण्डे र राजेश राई तथा महासचिव हिरामान लामा रहेको समितिलाई दिएको छ ।

उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा महाधिवेशन प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

स्थानीय व्यवस्थापनको जिम्मा कोशी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई दिइएको संगठनका उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

Comments are closed.