काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताए ।
सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले टिकटक बन्द गर्न सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै जोड गरेको बताए ।
दुई महिना रोके पनि धेरै दबाब आएपछि टिकटक बन्दको निर्णयमा पुगेको उनको भनाई छ । साभार Scoop Khabar
Comments are closed.