अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनी अवलोकन गर्न प्रधानमन्त्री नारायणहिटी दरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।उनले नारायणहिटी दरबारस्थित अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा बुधवार नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

Comments are closed.