काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघर पुग्नुभएकाे छ । प्रधानमन्त्री ओली बुधबार आफ्नो जन्मघर आठराई गाउँपालिका-४ ईवा पुग्नुभएकाे हाे । पत्नी राधिका शाक्यका साथ जन्मघर पुग्नुभएका प्रधानमन्त्री ओलीले भाइ र बुहारीसँग घरको आँगन खिचेकाे तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएकाे छ ।
घर पुग्दा बाल्यकालकाे धेरै सम्झना आएकाे उहाँले उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ – ‘आज आफ्नै जन्मघर आठराई-४ ईबा तेह्रथुममा राधिका, म, बुहारी र भाइ, हामीले ३ कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका बेला एकैछिन् जन्मघर पनि पुगियो, बाल्यकालको धेरै सम्झना आयो, धेरै साथीहरुसँग भेट भयो, खुशी लाग्यो ।’
प्रणामी माध्यमिक विद्यालयकाे नवनिर्मित भवनकाे उद्घाटन लगायत कार्यक्रममा सहभागी हुन उहाँ बुधबार जन्मजिल्ला तेह्रथुम पुग्नुभएकाे हाे । प्रधानमन्त्री ओलीकाे परिकल्पना अनुसार साे विद्यालय भवन बनेकाे हाे ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित साे भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा साे फाउण्डेसनले ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन् ।
प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको हाे ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.