काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको बताए । प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं,’ उनले भने, ‘विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’
प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो हुँदा विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ ।
Trending Now
- MIT-Takeda Program wraps up with 16 publications, a patent, and nearly two dozen projects completed
- Scientists use computational modeling to guide a difficult chemical synthesis
- MIT researchers identify routes to stronger titanium alloys
- MIT engineers find a way to protect microbes from extreme conditions
- More carbon in soil can control weeds, in some cases
- Nepal PM ‘Prachanda’ should resign immediately demands CPN-UML
- Rohit Sharma To Captain India In Champions Trophy & WTC Final In 2025, Confirms Jay Shah
- Save the Children Nepal is well-positioned to cater to needs of more than 10,000 households within 72 hrs of a disaster with ready-to-go humanitarian assistance
- World-Famous Rath Yatra Of Lord Jagannath, Lord Balabhadra, Devi Subhadra, And Lord Sudarshan Begins In Puri
- Death toll rises to 105 after migrant boat capsizes off Mauritania coast
Comments are closed.