‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाए ।
‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

Comments are closed.