प्रधानमन्त्री प्रचण्ड र मोदीका सुरक्षा सल्लाहकार डोभालबीच भेट

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् ।

निर्धारित कार्यतालिका अनुसार नै प्रधानमन्त्री प्रचण्डले डोभालसँग भेट गरेका हुन् ।

दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी थिए।

बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गरेका उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

Comments are closed.