माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिन प्रदर्शन गर्न रोक

ठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

पद्‍माेदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले साेमबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

साेमबारदेखि आगामी एक महिनासम्म सो क्षेत्रमा ५ जना बढी भेला भई कुनै खालको पनि प्रदर्शन गर्न नपाइने आदेशमा उल्लेख छ ।

काठमाडौंमा मंसिर ७ गते एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गर्दैछ । साेही दिन व्यवसायी दुर्गा प्रसाईंले पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।

Comments are closed.