आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट        

काठमाडौं, ९ कात्तिक

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण पिपल बस्ती बस्ने भोजपुर घर भएका राम बहादुर राईको नेपाली हाते कागज कारखानामा मंगलबार दिउँसो आगलागी हुँदा कागज बनाउन प्रयोग हुने कच्चा पदार्थ लगायत विभिन्न सामान जलेर करिब १६ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-६ थापा चोकस्थित चण्डेश्वरी हार्डवयरमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, भंगहा नगरपालिका-५ सितापुर बजारस्थित न्यू साह आईरन स्टोर (हार्डवयर) पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त पसल भित्र रहेको विभिन्न किसिमको हार्डवयरका सामानहरु जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-११ विपि चोकस्थित अप्रोज अन्सारिले संचालन गरेको जनता ट्रेडसको सिरक डसनाको गोदाम र उक्त गोदामसँगै रहेको समा फर्निचर उद्योगमा मंगलबार राति आगलागी भएको छ । हाल क्षतिको विवरण खुलेको छैन् ।

सप्तरी, तिलाठी कोईलाडि गाउँपालिका-५ बनरझुल्ला बस्ने ५५ वर्षीय जोगि मुखियाको घरमा मंगलबार बिहान आगलागी हुँदा अन्नपात, गहना, नगद लगायत बिभिन्न सामानहरु जलेर करिब ११ लाख २४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.