आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट    

  काठमाडौं, १३ असोज

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवनस्थित भारत  घर भएका ३८ वर्षीय कमलेश शर्माको एएलजी प्रा लि फर्निचर उद्योगमा विद्युतको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा फर्निचर उद्योगको दराज, सोफासेट लगायत अन्य तयारी फर्निचरहरू समेत करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित जितेन्द्र लामाको घरमा समेत आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दार्चुला, महाकाली नगरपालिका-४ खलंगा बजारस्थित ललित भट्टको भट्ट जनरल स्टोरमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कभित्र पार्किङ गरी राखेको ना.५ ख ४८९७ नम्बरको बसमा बिहीबार बिहान आगलागी हुँदा बस पूर्णरुपमा जलेर करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नगर प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.